Online Nepal मंगलबार, बैशाख २५ २०८१

रिद्धिसिद्धि सिमेन्ट्सको प्राविधिक जानकारी दिन निर्माणकर्मी भेला

रिद्धिसिद्धि सिमेन्ट्सको प्राविधिक जानकारी दिन निर्माणकर्मी भेला


मध्यान्तर
  • शनिबार, चैत्र ३० २०७५

  • काठमाडौं । शंकर ग्रुप र अम्बे ग्रुप अन्तर्गतको रिद्धिसिद्धि सिमेन्ट कम्पनीद्वारा प्राविधिक जानकारी दिने उदेश्यले आयोजना गरिएको निर्माणकर्मीहरुको भेला सम्पन्न भएको छ । चितवनमा यही चैत २७ गते बुधबार निर्माणकर्मीहरुलाई प्राविधिक ज्ञान र प्रयोगका बारेमा जानकारी दिदै बृहत् भेला र अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो । ‘गुणस्तरको नयाँ स्तर’ भन्ने मूल सन्देश प्रवाह गर्न निर्माणर्मीहरुको भेला गरिएको कम्पनीले जनाएको जनाएको छ ।

    कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुमाझ रिद्धिसिद्धि सिमेन्टको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुती दिंदै रिद्धिसिद्धि सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले सिमेन्टको उत्पादन, उपयोगिता, उचित प्रयोग तथा सिमेन्ट उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुका बारेमा जानकारी दिएका थिए । उनले संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित उक्त सिमेन्टको गुणस्तरमा विषेश जोड दिइएको बताए । महतले प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल एफएल स्मिथको रोबो ल्याब सिस्टम, सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको लेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिहरुका बारेमा विस्तृत जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार