Online Nepal मंगलबार, बैशाख २५ २०८१

एथ्लेटिको फर्किएको ५ मिनेटमा नै कोस्टाले गरे गोल

एथ्लेटिको फर्किएको ५ मिनेटमा नै कोस्टाले गरे गोल


मध्यान्तर
  • बिहिबार, पुष २० २०७४

  • २० पुस, काठमाडौं । डिएगो कोस्टाले सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेको पाँच मिनेटमा नै गोल गरेका छन् र, एथ्लेटिको मड्रिडले कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा एइडर एस्पोटिओलाई हराएको छ ।

    बुधबार राति भएको खेलमा एथ्लिेटिको मड्रिडले एइडर एस्पोटिओ ४–० गोल अन्तरले हराएको हो ।

     

    २९ वर्षीय कोस्टा चेल्सीबाट गत सेप्टेम्बरमा नै एथ्लेटिको मड्रिड फर्किएका थिए । तर, क्लबको प्रतिवन्धका कारण खेल्न पाएनन् ।

    एथ्लेटिकोमा फर्किएपछि पहिलो खेलमा बेञ्चमा बसेका उनी ६४औं मिनेटमा मैदान प्रवेश गरेका थिए, जतिबेला उनको टिम २–० ले अगाडि थियो ।

    मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै उनले गोल गरे । ‘फेरि एक पटक फुटबलर जस्तो भएको छ र एथ्लेटिको मड्रिडबाट खेल्दा खुसी छु’ कोस्टाले भनेका छन्, यो मेरो लागि निकै महत्वपूर्ण छ ।

    प्रतिक्रिया
    थप समाचार