Online Nepal आइतबार, बैशाख १६ २०८१

बजारमा १० रुपैयाँको साडी आएपछि किन्नेको घुईचो, भिड नियन्त्रण गर्न मुस्किल

बजारमा १० रुपैयाँको साडी आएपछि किन्नेको घुईचो, भिड नियन्त्रण गर्न मुस्किल


मध्यान्तर
  • आइतबार, फाल्गुन ५ २०७५

  • काठमाडौं । बजारमा साडीहरु महंगो भएर मान्छेहरुलाई किनी नसक्नु भएको छ । महंगाईकै जामाना आएपछि एउटा साडीलाई करिब १५ सय देखि १६ १७ सय रुपैया तिर्नुपर्ने बाध्यता रहेको थियो ।

    भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाको भीड बढेको हो । भिड बढ्दै जाँदा साडि कम पर्ने डरले उपभोक्ताहरुको भागदौड चलेको छ। सिएमआर सपिङ मलमा महिला र किशोरीको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो।

    प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ। भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए।

    एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन्। प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ। -एजेन्सी

    प्रतिक्रिया
    थप समाचार