Online Nepal सोमबार, बैशाख १७ २०८१

चिसोबाट संक्रमण हुने फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु

चिसोबाट संक्रमण हुने फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १० २०७५

  • काठमाडौं । चिसोबाट हुने फ्लु रोगका कारण २ हजार ८ सय जनाले ज्यान गुमाएका छन् । विभिन्न समयमा मौसम परिवर्तनसंगै लाग्ने रोगहरुका कारण धेरैले ज्यान गुमाईरहेका हुन्छन् ।

    यो फ्रान्सको घटना हो । फ्रन्समा चिसोबाट संक्रमण हुने उक्त रोगले उनीहरुले ज्यान गुमाएका हुन् । फ्लुको महामारीको प्रमुख कारण शीतकालीन समयमा कम्तिमा यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।

    फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिकमा ७५ बर्षमाथिका वृद्धहरू भएको फ्लु र यसबाट परेका समस्याबारे तयार साप्ताहिक प्रतिवेदनमा बिहीबार उल्लेख गरिएको छ ।

    रिपोर्ट अनुसार फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको र उपचार तथा सल्लाहका लागि अस्पताल पुगेका थिए भने उनीहरूमध्ये दुई हजार १३७ जनाले अस्पतालमा भर्ना भै उपचार सेवा लिइराखेका छन् ।

    भर्ना भएकामा पनि अधिकांश ७५ बर्षमाथि वा १५ बर्षमुनिका विरामी रहेका रिपोर्टमा छ । यद्यपि विरामीको सङ्ख्या तथा विरामी भै अस्पतालमा उपचार लिइरहेका मानिसको सङ्ख्या दुबै अघिल्लो हप्ताको तुलनामा कम भएको पनि जनाइएको छ । फ्रान्समा अघिल्लो हप्ता सम्भवत सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एचथ्रीएनटु’ को सङ्क्रमण देखिएको थियो । -एजेन्सी

    प्रतिक्रिया
    थप समाचार