Online Nepal सोमबार, बैशाख १७ २०८१

उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काइन्

उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काइन्


मध्यान्तर
  • बुधबार, फाल्गुन १५ २०७५

  • काठमाडौं । सरकारी निकायमा रहेर पदको धाक दिदै कर्मचारी तथा राजदुत लगायतलाई मन्त्री प्रधानमन्त्री र राष्ट्रपति लगायतले थर्काएको घटना थुप्रै पटक बाहिरिएको पाईन्छ । तर, छिमेकी देश अमेरिकाका राजदुतले विश्वको शक्तिशालि देश मानिने अमेरिकाको उपरक्षामन्त्रीलाई थर्काएका छन् ।

    चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उठाएपछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ ।

    अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा निचिया लगानी नेपालको हितमा हुनुपर्ने बताएका थिए । यो पारदर्शी पनि रहनुपर्ने उनको धारण थियो । राजदूत होउले भने अर्काको लगानीको टिप्पणी गर्नुभन्दा आफ्नो सहयोग अघि बढाएर ती मुलुकको सम्पन्नता अभियानमा सघाउनु पर्ने बताइन् । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।

    प्रतिक्रिया
    थप समाचार