Online Nepal शुक्रबार, बैशाख २५ २०८३

तीन सरकारी बैंकका अध्यक्षद्वारा सामूहिक राजीनामा

तीन सरकारी बैंकका अध्यक्षद्वारा सामूहिक राजीनामा


मध्यान्तर
  • बिहिबार, बैशाख २४ २०८३

  • काठमाडौँ । सरकारी स्वामित्वमा रहेका तीन प्रमुख बैंक—राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले राजीनामा बुझाएका हुन् ।

    सरकार परिवर्तनसँगै राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई मार्ग प्रशस्तु गर्न सरकारले दिएको सङ्केतपछि उनीहरूले यो कदम चालेको स्रोतको दाबी छ । यसअघि सरकारले अध्यादेशमार्फत अघिल्लो सरकारका पालामा नियुक्त भएका १५९४ जनालाई पदमुक्त गरे पनि बैंकका यी पदाधिकारीहरू त्यसमा परेका थिएनन् । यद्यपि, नयाँ सरकारले काम गर्न सहज वातावरण खोजेपछि उनीहरूले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । यो सामूहिक राजीनामासँगै अब सरकारी बैंकहरूमा नयाँ नेतृत्व नियुक्तिको प्रक्रिया अगाडि बढ्ने देखिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार