Online Nepal शुक्रबार, बैशाख २५ २०८३

नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल नियुक्त, साउनभित्र अधिवेशन गर्नुपर्ने

नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल नियुक्त, साउनभित्र अधिवेशन गर्नुपर्ने


मध्यान्तर
  • शुक्रबार, बैशाख २५ २०८३

  • काठमाडौँ । नेपाल महिला संघको केन्द्रीय अध्यक्षमा चितवनकी मिनाकुमारी खरेल चयन भएकी छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सभापति गगन थापाले उनलाई सो जिम्मेवारी सुम्पिएका हुन्। गत फागुनमा सम्पन्न चितवन क्षेत्र नं. २ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गरेकी खरेललाई अब महिला संघलाई महाधिवेशनतर्फ लैजाने मुख्य कार्यभार दिइएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार खरेललाई १७ बुँदे विस्तृत कार्यादेश र कार्यविवरणसहित नियुक्त गरिएको हो।

    खरेलले आगामी जेठ १५ गतेभित्र पार्टी सभापतिसँगको परामर्शमा सबै क्षेत्र, वर्ग, लिंग र भूगोलको समावेशी प्रतिनिधित्व हुने गरी संघको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्नेछ। यसका साथै रिक्त रहेका तल्लो तहका समितिहरूलाई साउन मसान्तभित्र पुनर्गठन गरी अधिवेशन आयोजक समिति बनाउने जिम्मेवारी पनि उनलाई तोकिएको छ। निर्वाचन समितिसँग समन्वय गरी साउन १ गतेभित्र महाधिवेशनको कार्यतालिका पेश गर्न र तोकिएको समयमै संघको निर्वाचन प्रक्रिया सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ। सभापति थापासँगको समन्वयमा उनले आवश्यक पदाधिकारी र उपसमितिहरू समेत गठन गर्न सक्नेछिन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार