काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच अध्यक्ष साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन्। नयाँ जिम्मेवारी अनुसार किराँती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेतासहित दोस्रो वरीयताको उपाध्यक्ष पदमा रहने सहमति भएको छ। किराँतीको आगमनसँगै उनको पक्षले पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यको जिम्मेवारी पाउने निश्चित भएको छ।
सुदन किराँतीसँगै पार्टी प्रवेश गर्नेहरूमा अधिकांश प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का कार्यकर्ताहरू रहेका छन्। जेनजी आन्दोलनपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव कुमार नेपाललगायतलाई समेटेर पार्टी एकता गरेपछि असन्तुष्ट बनेका किराँती, जनार्दन शर्मासँगै प्रलोपामा लागेका थिए। अहिले वैकल्पिक राजनीतिको धारलाई बलियो बनाउने उद्देश्यका साथ उनी साम्पाङको नेतृत्वमा गोलबद्ध भएका हुन्।