Online Nepal आइतबार, बैशाख २३ २०८१

माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने

माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । आज पार्टीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका हुन् ।

    प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने बताए । उनले अघि भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा गम्भीर छलफल हुन्छ ।’

    माओवादीले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । तर अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार