Online Nepal शनिबार, जेष्ठ ५ २०८१

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता

माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता


मध्यान्तर
  • सोमबार, साउन ३० २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर दल दर्ता गराएका हुन् ।

    माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेको नेताहरु बताउँछन् ।

    माओवादी केन्द्र र समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्न फेरि निर्णय गर्नुपर्छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव उपाध्यायले त्यसको गृहकार्य भइरहेको बताए । निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्था अनुसार दुई पार्टीले एउटै चुनाव चिह्न लिने निर्णय गरेर आयोगलाई जानकारी गराउने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार