Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ ल्याउने तयारी

नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ ल्याउने तयारी


मध्यान्तर
  • बिहिबार, भाद्र २ २०७९

  • काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को आज पदाधिकारी चयन गर्दै केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । बैठकबाट महासचिवसहित बाँकी पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

    गत वर्ष पुसमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा उपाध्यक्षमा चयन भएका थिए । अरू पदाधिकारीको टुंगो लागेको थिएन ।

     

    संगठन विभाग प्रमुख समेत रहने महासचिवमा यसअघि वर्षमान पुन र जनार्दन शर्माको दाबी थियो । तर, दुवैले अडान नछाडेपछि प्रचण्डले देव गुरुङलाई महासचिव बनाउने तयारी थालेको स्रोत बताउँछ ।

    नेताहरूका अनुसार प्रचण्डले निर्वाचनबाट पदाधिकारी नछान्ने बताएपछि आज गुरुङलाई महासचिव प्रस्ताव गर्ने तयारी छ ।

    उपाध्यक्षमा मातृका यादव र पम्फा भुसालको सम्भावना बढी छ । अरू केहीको नाम पनि चर्चामा छ ।

    वर्षमान पुन, गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने सम्भावना छ । अर्थमन्त्री समेत रहेका शर्मा र शक्ति बस्नेतको नाम पनि उपमहासचिवका लागि चर्चामा छ ।

    माओवादीको विधानानुसार पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । तर, पदाधिकारीको संख्या थपिने सम्भावना रहेको नेताहरू बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार