Online Nepal शनिबार, जेष्ठ ५ २०८१

माओवादीको घोषणापत्र तयार, छिट्टै सार्वजनिक गर्ने तयारी

माओवादीको घोषणापत्र तयार, छिट्टै सार्वजनिक गर्ने तयारी


मध्यान्तर
  • शुक्रबार, असोज २८ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र तयार पारेको छ । पार्टीका कोषाध्यक्ष श्रीराम ढकालका अनुसार घोषणापत्र छिट्टै सार्वजनिक गर्ने तयारी भएको छ ।

    वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको निर्वाचन मस्यौदा कार्यदलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मस्यौदा बुझाइसकेको छ । “घोषणापत्र लगभग तयार भइसकेको छ । कहिले सार्वजनिक गर्ने भन्ने कुरा भोलि टुंग्याउछौँ,” उनी भन्छन्, “ छिट्टै सार्वजनिक गर्छौं ।”

    माओवादीले गएको स्थानीय निर्वाचनमा भने केन्द्रबाट घोषणापत्र बनाएको थिएन । अन्य पार्टीहरुसँग साझा घोषणापत्र बनाउने भनिए पनि अन्तिममा माओवादीले छुट्टै घोषणापत्र बनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार