Online Nepal आइतबार, बैशाख २३ २०८१

एमाले नेतृत्वको प्रदेश– १ सरकारमा माओवादी सामेल नहुने

एमाले नेतृत्वको प्रदेश– १ सरकारमा माओवादी सामेल नहुने


मध्यान्तर
  • सोमबार, पुष २५ २०७९

  • काठमाडौं । प्रदेश– १ मा बन्न लागेको नेकपा एमाले नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र तत्काल सहभागी नुहने भएको छ ।

    केन्द्रको निर्णयप्रति असहमति जनाउँदै माओवादी केन्द्र आज बन्न लागेको एमाले नेतृत्वको सरकारमा सहभागी नहुने भएको हो ।

    आईतबार सत्ता साझेदार दलहरुको बैठकले भागबण्डा मिलाउँदा प्रदेश – १ सरकारको नेतृत्व पाँचै वर्ष एमालेले लिने निर्णय भएको थियो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश– १ मा माओवादी सरकारमा सामेल नहुने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

    प्रदेश– १ मा पनि एमाले र माओवादीले आधा–आधा कार्यकाल नेतृत्व पाउनु पर्ने र यो लिखित रुपमा सम्झौता नभएसम्म आफूहरु सरकारमा नजाने नेता आङ्वोको भनाइ छ ।

    आङ्वोले केन्द्रको निर्णयबाट प्रदेश – १ माओवादी अपमानित भएको र निर्णय पुनरावलोकन नभएसम्म सरकारमा जान नसकिने बताए ।

    प्रदेश – १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले आईतबार नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

    मुख्यमन्त्री कार्कीले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार