Online Nepal आइतबार, बैशाख २३ २०८१

प्रदेश १ सरकार विस्तार, माओवादीका २ र एमालेका १ मन्त्री थपिए

प्रदेश १ सरकार विस्तार, माओवादीका २ र एमालेका १ मन्त्री थपिए


मध्यान्तर
  • शुक्रबार, पुष २९ २०७९

  • काठमाडौँ । प्रदेश १ सरकारमा तीन मन्त्री थपिएका छन् । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईँ तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको हो । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

    नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

    मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारीमा छन् । त्यसका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार