Online Nepal बुधबार, जेष्ठ २ २०८१

कांग्रेसलाई गृहमन्त्रीको जवाफ : गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन

कांग्रेसलाई गृहमन्त्रीको जवाफ : गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन


मध्यान्तर
  • बिहिबार, माघ ५ २०७९

  • फाइल तस्बिर

    काडमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले विधि र पद्धतिभन्दा बाहिर गएर काम गर्न नमिल्ने बताएका छन् । बिहीबार संसद्‍मा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि सदनमा उपस्थित भएको उल्लेख गरेपछि गृहमन्त्री लामिछानेले त्यसको जवाफ दिएका हुन् ।

    सभामुखले यसबारे कुनै रुलिङ गरेनन् । तर सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

    उनले भने, ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ।’

    आफ्नो नेतृत्वको मन्त्रालयले कर्मचारी सरुवा बढुवामा समेत विधि स्थापित गर्न चाहेको समते उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार