Online Nepal आइतबार, बैशाख २३ २०८१

डिशहोमले ल्यायो ‘मिसन ८१’, यस्ता छन् फाइदा

डिशहोमले ल्यायो ‘मिसन ८१’, यस्ता छन् फाइदा


मध्यान्तर
  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौं । नयाँ बर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि “डिशहोम मिसन ८१” योजना लिएर आएको छ । यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् ।

    ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

    फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

    प्रतिक्रिया
    थप समाचार