काठमाडौं । एसिसी प्रिमियर कपमा आज नेपालले साउदी अरबसँग खेल्दै छ।
ओमानको अल अमिरत क्रिकेट स्टेडियममा बुधबार बिहान ११:४५ बजे नेपालले समूह चरणको अन्तिम खेल र साउदी अरबसँग खेल्नेछ। यद्यपि नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ।
मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो। समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ।