Online Nepal बुधबार, बैशाख १९ २०८१

बाँकेको जडीबुटी उद्योगमा आगलागी

बाँकेको जडीबुटी उद्योगमा आगलागी


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । बाँकेको जडीबुटी उद्योगमा आगलागी भएको छ।
    पिप्रहवामा रहेको बाहुबली आज बिहान ७.१५ बजेदेखि लागेको आगो लागेको छ । जानकी गाउँपालिका वडा नं.६, पिप्रहवामा रहेको राजेश जैनको जडीबुटी उद्योगमा विद्युत सर्ट भएर आगो लागेको सम्बद्धले बताएका छन्।

    आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका दमकल आएको छ। बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकाको दमकल मगाइएको छ।

    उद्योगको परिसरमा रहेको काठमा आगो दन्किएको छ। उद्योगभित्र आगो पुगिसकेको छैन। उद्योगभित्र पुगेमा अझ ठूलो क्षति हुने भएकाले आसपासबाट दमकल मगाइएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार