Online Nepal शुक्रबार, बैशाख २५ २०८३

मनास्लु र बाल व्यवसायी फाइनलमा

मनास्लु र बाल व्यवसायी फाइनलमा


मध्यान्तर
  • मंगलबार, बैशाख २२ २०८३

  • काठमाडौं । डिफेन्डिङ च्याम्पियन मनास्लु र बाल व्यवसायी केन्द्र मावि चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

    काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मनास्लुले हिलारी ‘बी’ लाई १–० गोलले पराजित ग¥यो । संगम तामाङले निर्णायक गोल गरे । मनास्लुका रोवेन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

    चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा भएको अर्को सेमिफाइनलमा बाल व्यवसायीले पशुपति मित्र मावि ‘बी’ लाई १–० गोलले हरायो । ‘म्यान अफ द म्याच’ अर्जुन खडायतले निर्णायक गोल गरे । फाइनल मंगलबार हुनेछ ।

    सेभेन ए साइड स्वरुपको नकआउट प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत ४ उत्कृष्ट खेलाडी जनही २ हजार ५ सय नगदबाट पुरस्कृत हुने छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार