काठमाडौँ । बेमौसमी वर्षाका कारण बीपी राजमार्गअन्तर्गत रोशी खोला क्षेत्रमा पटक(पटक सडक अवरुद्ध हुन थालेपछि सुरक्षा निकायले रात्रिकालीन आवागमनमा पूर्ण रोक लगाएको छ । जिल्ला सुरक्षा समितिले मंगलबारदेखि लागू हुने गरी साँझ ५स्०० बजेदेखि बिहान ५:०० बजेसम्म अनिश्चितकालीनका लागि राजमार्ग बन्द गर्ने निर्णय गरेको हो ।
रोशी खोलामा आउने बाढीले सडकका अस्थायी डाइभर्सनुहरू बगाउने जोखिम उच्च रहेकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै यो कदम चालिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, मौसममा सुधार आएपछि मात्र राजमार्ग पुनः नियमित सञ्चालन गरिनेछ ।