Online Nepal बुधबार, बैशाख १९ २०८१

कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध गराउन सभामुख सापकोटाको रुलिङ

कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध गराउन सभामुख सापकोटाको रुलिङ


मध्यान्तर
  • आइतबार, जेष्ठ २९ २०७९

  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यथाशीघ्र खेतिको सिजनमा कृषकहरूलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

    प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले खेतीपातीको सिजन सुरू भइसक्दा पनि मल नपाएर किसान प्रताडित बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आइतबार सरकारको नाममा रुलिङ गरेका हुन् ।

    बैठकमा सभामुख सापकोटाले भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।

     

    त्सअघि बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन ध्यानाकर्षण गरेका थिए ।

    सांसद लक्ष्मी परियारले नीति तथा कार्यक्रममा किसान केन्द्रित निकै राम्रा कार्यक्रम आएपनि मल नपाउनु दुस्खद भएको बताउनुभयो । त्यस्तै बताइन् । बिनादेवी बुढाथोकीले मल समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको टिप्पणी गरिन् ।

    अन्य सांसदहरूले हरेक वर्ष हुने मल अभावको समस्या दीर्घकालीनरूपमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया
    थप समाचार