Online Nepal सोमबार, बैशाख १७ २०८१

एसईई परिक्षा स्थगितः प्रदेश २ का प्रवक्ताद्वारा शिक्षामन्त्री पोखरेलको राजिनामा माग

एसईई परिक्षा स्थगितः प्रदेश २ का प्रवक्ताद्वारा शिक्षामन्त्री पोखरेलको राजिनामा माग


मध्यान्तर
  • शुक्रबार, चैत्र १५ २०७५

  • काठमाडौं । शुक्रबारको एसइई परीक्षामा प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरीएपछि प्रदेश २ का प्रवत्ता तथा आन्तरिक मामीला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको राजीनामा माग गरेका छन् ।

    जिल्ला प्रशाासन कार्यालय र संघीय सरकारका मातहतमा रहेर सञ्चालित एसइई परीक्षाको प्रश्नपत्र प्रदेश सरकारलाई बदनाम गराउने उद्देश्यले आउट गराएको भन्दै उनले मन्त्री पोखरेलको राजीनामा मागेका हुन् । शुक्रबार सामाजिक विकास मन्त्री नवल किशोर शाहको निवासमा गरिएको पत्रकार सम्मेलनमा प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट हुनुमा केन्द्रीय सरकार जिम्मेवार हुनुपर्ने उनले बताए ।

    प्राविधिक शिक्षाको हब बनाउने नीति प्रदेश सरकारले लिएकाले त्यसलाई विफल बनाउन योजनाबद्ध रुपमा प्रश्नपत्र आउट गरेको प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले बताए । लगातार प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरुले भविष्यमाथि खेलबाड गरेको भन्दै नारावजी गरेका छन् ।

    यसैबिच एसईईको प्रश्नपत्र लगातार बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकेको छ । शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा बैठक डाकिएको मन्त्रालय स्रोतले जनाएको छ । बैठकले केकस्ता निणर्य गरे सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया
    थप समाचार