Online Nepal आइतबार, बैशाख २३ २०८१

साझाले आजबाट काठमाडौंमा चलायो बिजुली बस

साझाले आजबाट काठमाडौंमा चलायो बिजुली बस


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । साझा यातायातले आजबाट काठमाडौंमा बिजुली बस सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा आजबाट तीन वटा बिजुली बसले काठमाडौंंमा सेवा थालेका छन् । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो ।

    विहीबार विहानसाझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका छन् । सेवाको शुभारम्भ साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बसहरुको गरेका हुन् ।

    बिजुली बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन् ।

    अब बाँकी ३७ वटा पनि आउने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिएका छन् । उनका अनुसार सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएकाले यी बसले काठमाडौंमा भरपर्दो सेवा दिने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार