Online Nepal सोमबार, बैशाख १७ २०८१

इसेवाको रेमिटेन्स सेवा सिंगापुरबाट पनि सुरु

इसेवाको रेमिटेन्स सेवा सिंगापुरबाट पनि सुरु


मध्यान्तर
  • मंगलबार, असार ५ २०८०

  • काठमाडौं। इसेवा मनी ट्रान्सफरको रेमिटेन्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ । सोमबार एक सम्झौता गर्दै इसेवाले आफ्नो सेवा सिंगापुरबाट पनि सुरु गरेको हो । सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गरेका छन्। इसेवा मनी ट्रान्सफर र लुलु मनीबीचको यो साझेदारीले रेमिटेन्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

    यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले लुलु मनीको शाखामा गइ वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा इसेवा मनी ट्रान्सफर मार्फत रेमिटेन्स पठाउन सक्ने छन्।

    लुलु मनीबाट पठाएको रेमिटेन्स इसेवा मनि ट्रान्सफर १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिने बताइएको छ। पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

    ‘लुलु मनीको रेमिटेन्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। लुलु मनीबाट अनलाइन सेवा मार्फत पनि नेपालमा रेमिटेन्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुलाई आफ्नो घर रेमिटेन्स पठाउन थप सहजता प्रदान गरेको छ। यसैगरी धेरैभन्दा धेरै नेपाली आप्रवासीसम्म हाम्रो सस्तो, छिटो र भरपर्दो रेमिटेन्स सेवा पुर्‍याउन हाम्रो प्रयास रहनेछ,’ इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने। यस्तै लुलु मनी सिंगापुरकी कार्यकारी निर्देशक प्याट्रिसिया चुआले इसेवा मनि ट्रान्सफरसँग साझेदारी गर्न र एफवान सफ्ट ग्रुपको फिनटेक इकोसिस्टम मार्फत नेपालमा रेमिटेन्स सेवाहरू सुचारु गर्न पाउँदा आफू खुसी भएको बताइन्।

    प्रतिक्रिया
    थप समाचार