Online Nepal आइतबार, बैशाख १६ २०८१

एसीसी वुमन्स प्रिमियर कप : आज नेपाललले माल्दिभ्ससँग खेल्दै

एसीसी वुमन्स प्रिमियर कप : आज नेपाललले माल्दिभ्ससँग खेल्दै


मध्यान्तर
  • मंगलबार, फाल्गुन १ २०८०

  • काठमाडौं ।  मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज नेपाललले  माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा  सुरु हुनेछ ।

    समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ ।

    नेपालले भुटान र हङकङ दुवैलाई समान ८ विकेटले हराएको थियो । माल्दिभ्स भुटानसँग ९४ रन र हङकङसँग १७२ रनले पराजित भएको थियो । हङकङकी मारिको हिल १०० र चान का यिंग केरीले ८७ रन बनाएका थिए ।

    नेपालले क्वाटरफाइनल खेल्नुअघि आज मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई मौका दिनसक्छ । १६ टोली सहभागी प्रतियोगितामा चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

     

    प्रतिक्रिया
    थप समाचार