Online Nepal बिहिबार, बैशाख २० २०८१

समावेशी उपहास

समावेशी उपहास


मध्यान्तर
  • शनिबार, भाद्र १३ २०७७

  • मिलाउ हात समावेशी पहिचानका मुद्दा उठाउन,
    आदिवासी, महिला, दलित, मुस्लिम आदि  जुटाउन ।
    जालबुने मिली बसेका नेपाली मातृभूमि फुटाउन,
    कहिले दिनु हुन्न वीर गाेर्खाली अस्मिता लुटाउन ।

    थाहै नपाइ सत्य खाेल्छाै जालहारीलाई जाल बुन्न,
    सक्नुपर्छ राष्ट्रघाति, देशद्राेही र बैरी सबैलाई थुन्न ।
    जुटाै शाेषणा, अन्याय र अत्याचार सहेर बस्नु हुन्न,
    उठाैँ सबै एउटै माला नेपाली भइ कसैले नि छुन्न ।

    अनायसै अरूकाे स्वार्थ पूर्ति गर्न हाैसिएर नमाैलाै,
    आवेगमा आइ अत्ति गाेप्य धेरै सत्य तथ्य नखाेलाै ।
    बिनाकाम झाेकिदै व्यर्थमा राष्ट्रिय झण्डा नपाेलाै,
    हामी हेपाएकाछाैँ जहाँ पायाे त्यहीँ बिनाअर्थ नबाेलाै ।

    तिम्रो स्वविवेक कि ? काेहीद्वारा प्रायाेजित हुँदैछाै ?
    अरूद्वारा सञ्चालित हाै भने कुकर्म गर्ने हात छुदैछाै ।
    साँच्चै माछा माछा भ्यागुतो इतिहास त बुझि पढेकैछाै ?
    हरेक ठाउँमा माैलिक अधिकार लिन अघि बढेकैछाै ।

    अरूद्वारा प्रायाेजित हाे भने गल्ती गर्याै माफी माग,
    थाहा नै हाेला हामी समावेशी माथि लागेकाे दाग ।
    हामी आखिर किन हुने बिना स्वार्थ बलीकाे बाेकाे,
    साँच्चिकै छुन पायौं त राज्य सञ्चालनकाे जड पाेकाे ।

    हामीले नै हाे अवश्य शासन सञ्चालन खाेजी गर्ने,
    विश्वभरि समावेशी पहिचानकाे सच्चा चेतना छर्ने ।
    आदिवासी जनजाति युद्धमा जहिले अघि सरि मर्ने,
    कहिले सम्म मतियारकाे जहिले हतियार बन्नु पर्ने ।

    बन्द गराै हतियार उठाइ एउटाले अर्कोलाई मार्न ,
    अापसी युद्ध गरि दिन हुन्न धर्तीमाता अाँशु झार्न ।
    समावेशीकाे नाममा युद्ध बीउ  आखिर किन छर्किनु,
    शान्ति वीर भई दुरदर्शिमार्ग साेचाै पर्दैन झर्किनु ।

    स्वाभिमान जलाइ गरेकाे आन्दोलनका शैली मिलेन,
    हामी बीच माैका छाेपी कयौं बन्न खाेज्दैछ भिलेन ।
    आफ्नाे अधिकार खाेजि गर्दा कर्तव्यमा ध्यान दिउ,
    सबैले छातिमा हात राखी नैतिक जिम्मेवारी लिउ ।

    बहुल जात, धर्म, भाषा, संस्कृति मिलेकाे छ हाम्रो,
    वाह ! सेवा नै धर्म हाे भन्ने असल संस्कार छ राम्रो ।
    जन्मभूमिलाई रक्षा गर्न सबै नेपाली एक भई उठाैँ,
    व्यत्तिगत स्वार्थभन्दा राष्ट्रिय उन्नति प्रगतिमा जुटाैँ ।

    प्रतिक्रिया
    थप समाचार