त्रासदीले राष्ट्र काेलाहल हुँदा,
कानमा तेल हाल्दै सुत्नेहरू,
खै कसरी,
एक्कासि जागा भए छन् ?
आफ्नै स्वाभिमान लुट्नेहरू ।
निमुखा जनलाई पर्दा,
घाँटी घुमाउँछन्,
आफैँ पर्दा हेर,
नभएकाे छाती फुकाउदै,
अझ अनायासै आत्तिदै,
हिंस्रक गाेहीका आसुकाे,
मलम लगाउदै,
अट्टहासमै देश डुबाउँछन् ।
मीत लाउँदै छन्,
यहाँ कुर्सी, टेबुल र माइकहरू,
रङ्ग मञ्चकाे महलभित्र बस्ने,
यी सुकिला मुकिला,
छेपाराे र गाेही नामक,
बिल्ला धारी नाैटङ्कीहरूसँग ।
धामीझाँक्री, बिजुवा,
सर्वश्रेष्ठ आफैँ हुँ भनी,
ढ्याङ्ग्राेमा बजाउने गजुवा बनी,
भुइँ, भित्ता बजाउँदै,
अनायास दाेहाेरी खेलि,
नाची रहे छन् ।
हाेसियार,
त्यस वाद्यावनदनमा हाम्राे,
मिहिनेत र परिश्रमकाे,
माधुर्या धुन मिश्रण भई,
सुमधुर सङ्गीत भरिएको छ ।
खबरदार पाउने छैनौं,
व्यक्तिगत स्वार्थका निम्ति,
राष्ट्रिय संस्कृतिकाे दाेहन गर्न ।
क्या गज्जब मिलेकाे सङ्गत,
छेपाराेझैँ रङ्ग फेर्न सक्नेहरूकाे,
सर्वहारा वर्गका कस्ताे,
अहाे साैभाग्य ?
हरे गाेहीकाे हरेक,
स्टाटसमा आफ्नै,
मुखाकृति भरि छेपाराेकाे तस्बिरमाथि,
सहानुभूतिपूर्ण भाव मिश्रित अाँसु,
चिमाेट्दै बेकुफ झारि रहेछन् ।
हैट ! सर्वहारा उपबुज्रुक हामी नै उस्तै,
पहिल्याउन नसक्ने छेपाराे र गाेही,
समर्थन र विमति के हाे पत्तो नपाइ,
अन्धभक्त याेद्धा बनि लिदै विजयास्त्र,
वीरताकाे तरबार तल्काइ रहेछाैँ,
सिंहको भेषमा आफैँ हुँदाहुँदै आखिर,
राेज्दै हिड्छाै छेपाराे र गाेही ।
प्रकृतिकाे कठिन नियममा बाँधिदै,
वर्षायामकाे झरीसँगै बनेका,
यी देवलका सहायताबाट अकस्मात,
आफ्नाे जीवन पाई निस्केको,
छिचिमिराे र च्याउ सरि,
दीर्घायु पाउँदा पनि कठै ! ,
महान् विजय हासिल गरेझैँ,
हर्षित बन्दै,
हर्षाश्रुकाे सागरमा पाैडी रहेछौं ।
अनगिन्ती भाेक र राेगका पीडाले,
छिचिमिराेकाे पखेटा काटिदा र च्याउकाे,
जरा उखेलिदा केही प्रर्बाह नहुनेहरू,
आज प्रकृतिले नै छेपाराे र गाेहीले,
गरेकाे विभेदमा अाैँला उठाउदा,
सकि नसकि हारगुहार गर्नेहरू,
खै तिमीहरूको आत्मीयता, मानवीयता ?
आफैंले सिंह जुनि पाउँदा पनि,
अन्तिममा त्यहीँ छेपाराे र गाेहीसँगै,
स्वर्ण जाने भद्र सहमतिमा,
मानवीयता र आत्म स्वाभिमान बेच्याै ?
धिक्कार छ तिमीलाई,
माैलिक अस्तित्व एकातर्फ राखी,
तिम्रा कुघृणित स्वार्थसँग,
सारा देशबासीकाे अटुट विश्वास,
अनायास किन साट्याै ?
जनतानै जनार्दन भएकाे बेला,
अन्योल कस्तुरीझैं,
सुगन्धित बास्नाकाे खाेजीमा,
व्यार्थ बगैंचा किन धाउँछाै ?
आउ सबै मिली हातेमालो गर्दै,
प्रतिघात नहुने मातृत्वकाे जग बसाअाैं,
जन्मभूमि, कर्मभूमि, रम्यभूमि यहीँ हाेस्,
काेही नपराेस विदेशिन, भाेक, राेग, शिक्षा,
वर्ग विभेद, शाेषण, दमनका चर्काे,
अन्याय अत्याचारका पीडाहरूले,
आक्रान्त भई छटपटिन ।