Online Nepal बुधबार, बैशाख १९ २०८१

हर्षित ऋतु

हर्षित ऋतु


मध्यान्तर
  • शुक्रबार, कार्तिक ७ २०७७

  • बर्ष दिनदेखि गुम्सिएका,
    रहरहरू सङ्गाल्दै,
    आपसी सद्भाव,
    साट्न आऊ भन्दै,
    सिरसिर बतासका सुस्केरामा,
    लहराउने पुलकित पात,
    छाँगा, छहरा, झर्ना, ताल, तलैया,
    अनि ती,
    शरद ऋतुमा रम्दै बसेका,
    हरियाली पाखा पखेराका,
    खेत बारीका गरा गरामा,
    लहलह भई झुलेका,
    धान, काेदाेका बालाहरू,
    रङ्गीविरङ्गी मनमाेहक फूलका,
    बगैंचामा रसपान गरि,
    भुनभुन गर्ने भमराका,
    मर्मस्पर्शी सुमधुर सङ्गीतका ध्वनीसँगै,
    सुस्तरी सुस्तरी काेमल हृदयका,
    स्निग्ध मनले सुम्सुम्याउँदै,
    चाँडै आऊ प्रिया,
    तिमी आउने,
    बाटाे हेर्दै,
    चाैतारीकाे वर पिपलका,
    शीतल छहारीमा कुरिरहेकाे छु,
    भनी निमन्त्रण गरेझैं लाग्छ ।
    त्यहीँ प्रकृतिका,
    मार्मिक आह्वनलाई वीकार्दै,
    हुँदै जमघट सारा,
    गाउँ बस्ती घर परिवार समुदाय,
    मिली आपसमा हितैषी साथी सङ्गी,
    बनाउँदै राेहाेटे, लिङ्गे पिङ,
    बनी फुरूङ्ङ,
    बालबच्चादेखि बुढा बुढी,
    कल्पिदै सुखमय संसार,
    गर्दै हस्याङफस्याङ सङ्घर्षरत,
    जीवनका दुःख सुखका,
    आराेह अवराेहसँग,
    चचहुँई ईईईई खेल्दै,
    भई जम्मा,
    छरछिमेकी साेल्टी साेल्टिनाहरू,
    राेदी नाच्दै गाउँदै,
    मनका वेदना पखाल्दै,
    बडा दसैँकाे सङ्केत ,
    गरि उडेका चङ्गा सरि,
    पहिल्याउँदै उच्च शिखरका गन्तव्यहरू,
    आत्मीय हृदयले अङ्कमाल गरी,
    पीर, व्यथा, बिछाेड भुल्दै,
    सदाबहार प्रफुल्लित हुनु छ ।
    प्रकृतिको कठाेर,
    नियमका बन्धनमा बाँधिदै,
    आफ्नो आयु लम्ब्याउने निर्भीक,
    बाेटबिरूवाहरूले जीवनका प्रत्येक,
    वसन्त ऋतुमा,
    आफ्ना पालुवा फेरेर लाज ढाकेझैँ,
    उच्च बाैद्धिक रूपमा चिनिएका मानव,
    शरदकाे आगमनसँगै कैयौं,
    दमित भावनाहरूका,
    सुखमय मिलनकाे पर्खाइमा,
    अनगिन्ती पीडाले आक्रान्त भई,
    थिलथिलिएर चाउरी परेका शरीरमा,
    बाह्य आवरण फेरिदिनका निम्ति,
    हरपल आतुर,
    शरद ऋतुसँगै हर्षका पाेका लिई,
    आएकाे बडा दसैँसँग मीत लाउँदै,
    बनि सुसज्जित,
    दाैरा सुरूवाल, गुन्यु चाेली,
    स्कुलकाे पाेषाकमा,
    कत्ला, झुत्रा, मैला फाली,
    अक्षुण्ण, आराेग्य, अटल,
    मनमाेहक काँचुली फेर्नु छ ।
    निश्छल मनले,
    घरका मुलिले,
    नवदुर्गा भवानीकाे पुजा गर्दै,
    घटस्थापनामा,
    मकै, जाै माटाेमा मिसाइ,
    जमरा राखी,
    त्यहीँ जमरामा कन्या छाेरी चेलीले,
    साँझ बिहान चाेखाे जल छरि,
    विधि विधान सहित,
    फूलपातीकाे बधाई गरि,
    हर्षाेल्लासका साथ,
    अष्टमी, नवमीका दिन,
    चाैरासी व्यञ्जन मिष्टान्न भाेज,
    खुवाउँदै खाँदै,
    नवदुर्गा भवानी देवीकाे,
    मनाउँदै विजय उत्सव,
    दशमीका दिन,
    शुभ साइत जुराई,
    लगाई टीका जमरा निधारमा,
    लिई आशिर्वाद मान्य जनकाे हातबाट,
    विजयकाे झण्डा सिमानामा गाडी,
    मातृभूमिमा स्वतन्त्र भई,
    हाँस्दै, खेल्दै अजम्मरी,
    नित्य फरफराउनु छ ।
    जीवनका हरेक पाइलाहरूमा,
    निस्वार्थ साथ दिएका,
    चप्पलका तुना चुडिए पनि,
    नराेकियाेस यी महान यात्रा,
    भेटुन सफल गन्तव्यहरू,
    परिस्थितिले धमिलिएका सम्बन्धमा,
    नसकुन जालहारीले षड्यन्त्र रच्न,
    भई सत्यकाे जित,
    छाओस् खुसियाली सारा नेपाली,
    जन जनमा,
    रहुन सुखी, सम्पन्न, स्वस्थ, निराेगी,
    हर्षित ऋतुकाे हार्दिक कामना ।

    प्रतिक्रिया
    थप समाचार