पहिचानको आवाजमा सुरिलो स्वर भर्याै,
आफूले सक्दाे सबै दिलाेज्यान दिई लर्याै ।
कति सपना साकार नहुँदै अल्पायुमै मर्याै,
बाँकी रहेका पनि पैतालाको धुलाेभै झर्याै ।
झुट समावेशीकाे एउटा जाल फाली दियाै,
बाेक्रा अरूलाई दिदै मीठो फल आफैँ लियाै ।
सक्ने घृणित विषाक्त र जघन्य कुकर्म गर्न,
साेझा असाहाय गरीब दुःखीकाे दिमाख भर्न ।
समानता समता जातीय विभेद मुद्दा बाेक्याै,
आखिर के पायाे आफ्नै घुडा बञ्चराे थाेक्याै ।
दुःख, कष्ट, युद्ध र काटमार सबै आफैँ लिने,
शासन, सत्ता पद कुर्सी जम्मै अर्कैलाई दिने ।
अझै स्वप्नील भ्रम निन्द्राबाट बिँउझेँका छैनाैँ,
नयाँ स्वतन्त्र जीवन बाँच्न युद्ध लडेका हैनाैँ ?
गर्छाैं कति अरूकै सुख, हाँसाे, खुसीकाे ध्यान,
व्यर्थ जालहारीकाे जालमा परी नफाल ज्यान ।
झुट भ्रम थाहा पाई जनता एकजुट हुन थाले,
राष्ट्रिय झण्डा अनि तस्बिर आगाे बाल्न हाले ।
संघ सङ्गठन राजनीति मिली जनता जगायाै,
थाहै छ राणा तानाशाही शासक वर्ग भगायाै ।
एउटा राजा फाल्याै अनि हजाराैँ राजा पाल्याै,
अब जनताको श्रम पसिनामै राज गर्न थाल्यौं ।
राणा शाह मात्र हैन अरू कैयौं यस्तै रैछ यहाँ,
बेलैमा बुद्धि पुर्याउ नत्र हिसाब लिन्छौं त्यहाँ ।
विस्तारै बुझ्न थाले जनले वर्गीय विभेद दलन,
तिमीले भाेग्नु पर्छ एक दिन राष्ट्रघाति जलन ।
जसरी शिष्ट सुसभ्य बाेलीकाे अर्कै अर्थ लायाै,
त्यसरी मपाइत्व हुँ भन्दै जन सामु मुख बायाै ।
जब संघर्षको युद्धभूमिमा आखिर सत्यकै जित,
तब निष्पक्ष न्याय पाई सार्वभौम जनताकै हित ।
कहिले पाउलान् जनले सुशासनको गीत गाउन,
सुशाेभित सार्वभौम राज्य सत्तासँग मीत लाउन ।