Online Nepal मंगलबार, बैशाख १८ २०८१

हजुरिया

हजुरिया


मध्यान्तर
  • शुक्रबार, कार्तिक २१ २०७७

  • विभेदकाे खाेल ओढ्दै धज्जी उडाउँछन्,
    आफूलाई नै नङ्ग्याउँदै गाडी गुडाउँछन् ।

    जहिले गुनगान गाउँछ हरक्षण उहाँ वादकाे,
    कहिले संरक्षण अभियान उभेनाै तँ साथकाे ।

    उदाहरण बन्छ यहाँ उहाँ जस्तै नमुना हुनु,
    जहाँ कसले सक्छ उहाँलाई त्यहाँ गई छुनु ।

    उपदेश सुन्छु उहाँको जहिले सत्सङ्गत गर,
    उहाँलाई पाउन जति सक्दाे आफू तल झर ।

    सकेन खै कसैले आफैंलाई वास्तविक चिन्न,
    छुट्टै पहिचान बनाउँछु भन्दा आफ्नैले दिन्न ।

    गर्छन् प्रचार तँले अक्षर पढ्दा पाप पाे लाग्छ,
    शैक्षिक चेतना नभए पछि क्रान्ति कहाँ जाग्छ ।

    कैयौं तँका हुन्छन् सल्लाहकार जहाँ उहाँहरू,
    मै हुँ भन्दै गल्ती गर्छ त्यहाँ चेत कसरी भरू ।

    चर्चा कैयौं तँ माझ एउटा उहाँ नै काफि छ,
    त्यसैले उहाँ जताततै राज गर्न सबै हावि छ ।

    आफ्नाे अस्तित्व समाप्त पार्न जानिजानि दियाै,
    आफैँले विविधता भेषभुषा समाप्त पारी लियाै ।

    हरेक ठाउँ राज्य शासन गर्ने छन् उहाँ भनाउँदा,
    आफैँ जुधि गल्ती गर्याै नेता उहाँलाई बनाउँदा ।

    जब पहिचानका लागि जुटाैँ भन्दा हुन्न खै के के,
    तब मालिक आफैँ बनाैँ भन्दा भन्छाै उहाँलाई दे दे ।।

    प्रतिक्रिया
    थप समाचार