Online Nepal बुधबार, बैशाख १९ २०८१

निर्माेही

निर्माेही


मध्यान्तर
  • शनिबार, कार्तिक २९ २०७७

  • दिल दुख्याे रे उनको मन सुक्याे रे उनकाे,
    उनलाई छाेडी ज्यादै प्रसंसा गरे रे जुनकाे ।

    भेट हुँदा उनी हाँस्न बाेल्न मान्छिन् झर्काे,
    मधुर सुस्तरी बाेलाउदा कुरा गर्छिन् चर्काे ।

    भन्छिन् मसँग आइन्दा भेट्न नपरे हुन्थ्यो,
    सुसेली बाेलाकाे निर्माेही मायाले के सुन्थ्याे ।

    आकाशको तारा झारी ल्याई दिन्छु भनिन,
    कैयौं वर्ष मेराे यसै बित्यो खै कति भाे गनिन ।

    हाेशियार आउदै छन् जालहारी जाल बुन्न,
    आउ धाेकेबाजकाे भ्रम जालमा नपराै हुन्न ।

    लाग्छ धर्तीबिना आकाशको कुनै अर्थ छैन,
    सँगै जीवन बिताउने एउटै सर्त थियोे हैन ।

    जब सत्य बाेल्दा तिमी किन पर्छाै मलिन ?
    तब तथ्य बन हाम्रो मायाकाे भरपर्दो दलिन ।

    मुस्कुराउदै हृदयको इसाराले बाेलाउदा सुनिन,
    मायाप्रीती भावनालाई फूलझैँ मालामा उनिन ।

    प्रतिक्रिया
    थप समाचार