वर्षाैसम्म भगवानलाई ध्यान तपस्या गरि मनले खाेजेकाे,
बल्ल पाए आरामसँग बसि-बसि खान पाउ भनी राेजेकाे ।
धन्य हे काेराेना वैज्ञानिक यान्त्रिक जीवनबाट मुक्त गर्याै,
सारा जगतमा समाज सेवा नै धर्म हाे भन्ने सत ज्ञान छर्याै ।
धनी, गरीब, महिला, पुरूष, डाक्टर र बिरामी भनेनाै,
सारा विश्व जगतमा मै हुँ भन्ने महान् वैज्ञानिक गनेनाै ।
ग्रह-उपग्रहमा बँसाई सर्न खाेज्नेलाई आफ्नै घरमा थुन्याै,
ब्रह्माण्ड आउ जाउ गर्ने तह लगाउने कस्तो जाल बुन्याै ।
कैयौं वर्षमा ऋण तिर्न नसक्ने पेटमा बाेसाे जम्मा पार्याै,
सुति-सुति खान खाेज्नेलाई सयाैं प्राणघाटक राेग सार्याै ।
विश्वयुद्ध गरि सारासृष्टि आ-आफ्नै कब्जामा लिन सक्ने,
बनाइ दियाै उनीहरू पनि थरथर कामी लुरूक्क भई बस्ने ।
पृथ्वी जगत भरि जाे जहाँ छ त्यहीँ मनु थप्प पारी राख्यौं,
हर्षले आनन्दित भई उमङ्ग, उत्सव मनाउदै बाटाे लाग्यौं ।
मानव नै ईश्वर हाे भ्रम छर्नेलाई गज्जबकाे पाठ सिकायाै,
ईश्वरकाे महिमा अपरम्पार छ भन्ने दिव्य दृष्टिले हिर्कायाै ।
आखिर लाेभी पापीकै भएकाे छ लाैकिक भू-जगतमा जय,
भाेग्नु पर्ने नैतिकवान्, इमान्दार, साेझा कर्तव्यनिष्ठले भय ।
गरीब, दुःखी, असहाय, निमुखा, भाेका, नाङ्गा पर्याछन् मार,
व्यर्थै दुःख कष्ट सहनै नसकिने कति दिन्छाै आजीवन भार ।
सारा विश्व बन्द जाम गरि मुख्य माग कुन राखेका थियौ ?
साेचे जस्तै माग पूरा नभएर मानव जातिको ज्यान लियाै ।
अझसम्म चेत आएकाे छैन मपाइँत्वकाे हठले छाेडेकाे हैन,
जति पखाले नि राष्ट्रघाती, भ्रष्टचारी विषाक्त फाेहाेर गैन ।।