Online Nepal मंगलबार, बैशाख १८ २०८१

सङ्घर्ष

सङ्घर्ष


मध्यान्तर
  • शनिबार, मंसिर १३ २०७७

  • विश्व ब्रह्माण्डलाई,
    सतमार्गकाे ज्याेति छरि,
    अजर अम्मर,
    चम्काई रहने,
    सूर्यकाे किरणले नदेखिएको,
    मेराे ती भाग्य,
    आज म,
    अनायास,
    जुनकीरीका पिल पिल,
    चम्काईहरूमा,
    छैँठीका भाग्य रेखा,
    हराएझैँ,
    विवश भई,
    एक न एक दिन,
    पाउने आशमा,
    भेडाले जस्तै,
    एकाेहाेरिदै,
    बेकुफ बनी,
    खाेजीरहेछु ।
    खै ?
    विचरा निर्दाेष,
    बालक बबुराेलाई,
    थाहै भएन,
    कुन दिन,
    मसँग,
    सम्बन्ध विच्छेद गरि,
    आजीवन नभेट्ने भनी,
    मेराे ती बहुमूल्य भाग्य,
    समयकाे प्रतिकुलतासँगै,
    बिजुलीको चम्काई सरी,
    एक निमेषमै,
    मलाई थाहा पट्टाेका,
    सङ्केत नदिई,
    कसरी विछाेडिन पुगेछ ।
    तै पनि म आज,
    याे अस्थिपन्जर,
    शरीरकाे निस्वार्थ,
    सहायताले लिई,
    दिलाेज्यान र सद्बुद्धिले,
    भ्याएसम्म ,
    हताेत्साहित अधैर्य,
    मनलाई,
    धैर्यवान र आशावादी,
    बनाउँदै,
    मेराे यी कैयौं,
    दुःख, चाेट, व्यथालाई,
    सङ्घर्षकाे,
    युद्ध मैदानकाे,
    पुलका तारा बार जाली,
    सम्झि,
    अवश्य तरिने,
    दृढ विश्वासका,
    यी महान सङ्कल्पमा,
    पाैडिदै,
    जाज्वल्य लक्ष्यसँग,
    एक कर्तव्य निष्ठ,
    सिपाही बनी,
    सफलताकाे गन्तव्य,
    चुम्ने विजयास्त्रकाे,
    हतियार धारण गर्दै,
    आफ्नै विछाेडिएकाे,
    भाग्यसँग,
    मिलनकाे आशमा,
    दर्बिलाे अनि गर्बिलाे,
    साहस बटुल्दै,
    अहाेरात्र,
    पाैँठेजाेरी,
    खेलीरहेछु ।
    रबरकाे तन्काई सरि,
    अनन्तसम्म,
    आफ्नो सुनाैला,
    भाग्यकाे,
    कल्पनामा,
    कल्पिदै,
    माकुराेले,
    जालाे बिछ्याएर,
    आफ्ना भाेग,
    मेटाएझैँ गरि,
    वैयक्तिक,
    मान प्रतिष्ठाकाे,
    अस्तित्वको,
    खातिर नित्य,
    सङ्घर्षरत रहि,
    चुम्बकमा अन्य,
    धातु आकर्षण,
    भई,
    पहिचानकाे,
    धराेहरा बने सरि,
    मेराे ती भाग्य,
    गगन चुम्बि,
    महलमा सजाएर,
    सङ्ग्रहलय,
    बनाउन मन छ ।

    प्रतिक्रिया
    थप समाचार