Online Nepal बुधबार, बैशाख १९ २०८१

सच्चा नेपाली मन

सच्चा नेपाली मन


मध्यान्तर
  • शनिबार, मंसिर २७ २०७७

  • माैलिक पहिचान बहुल जात,धर्म, 
    भाषा र संस्कार फलेको,
    आपसी मैत्रीपूर्ण सद्भाव छर्दै सारा
    विश्वमा चम्किदै बलेको ।
    सेवा नै धर्म हाे भन्ने मुल मन्त्र
    शिराेधार्य गरी पालना गर्ने,
    अपार सुन्दर शान्त विशाल छाती भरी
    माया र ममता भर्ने ।
    सयाैँ जात, भाषा,धर्म र संस्कृति
    सर्वाेपरि ठानि एक मान्ने,
    एक समाजमा दुःख पर्दा अर्काे
    समाजले सहयाेग गर्न जान्ने ।
    हिमाल पहाड तराई जहाँ आपत परे नि
    सहयाेग गर्न जुट्ने,
    मातृभूमिमाथि धावा बाेले वीर याेद्धा 
    बनी लड्न कुद्ने ।
    खुशी साट्दै आपसी हात समाइ
    पञ्चेबाजा बजाई रमाउने,
    विदेशी माेह त्यागी आफ्नै उर्वर
    भूमिमा पसिना बगाई कमाउने ।
    थरिथरि जात विशेषका माैलिक 
    पहिचान दिदै भेषभुषा लाउने,
    जीवनका सारा दुःख पीरलाई सङ्गाल्दै 
    लाेकभाकामा गाउने ।

    प्रतिक्रिया
    थप समाचार