Online Nepal आइतबार, बैशाख २३ २०८१

नेसनल लाइफ इन्स्योरेन्स को १७ प्रतिशत प्रस्ताव

नेसनल लाइफ इन्स्योरेन्स को १७ प्रतिशत प्रस्ताव


मध्यान्तर
  • आइतबार, साउन ३२ २०७७

  • काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिकवर्ष २०७५/७६ १७.५प्रतिशत का लागि लाभांश प्रस्ताव गरेको छइन्स्योरेन्स को गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशमा हाल अद्यावधिक रुपमा कायम रहेको चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको कुल१७.५ प्रतिशत हुन आउने ५३ करोड ९४ लाख ५९ हजार ६४७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १५प्रतिशतले हुन आउने ४६ करोड २३ लाख ९३ हजार ९८३ रुपैयाँबराबरको नगद लाभांश र २.५ प्रतिशतले हुन आउने ७ करोड ७० लाख ६५ हजार ६६४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित बोनस सेयरका लागि लाग्ने कर रकमका लागि ०.१३ प्रतिशतका दरले हुन आउने ४० लाख ५६ हजार ८८ रुपैयाँ नगद लाभांशबाट समायोजनगरिनेकम्पनीले निर्णय गरेको छ। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार