Online Nepal आइतबार, बैशाख १६ २०८१

सेयर बजारमा वृद्धिसंगै म्युचुअल फण्डको नाफामा वृद्धि

सेयर बजारमा वृद्धिसंगै म्युचुअल फण्डको नाफामा वृद्धि


मध्यान्तर
  • शनिबार, भाद्र २७ २०७७

  • काठमाडौं ।सेयर  बजारमा वृद्धिसंगै नाफामा देखिन थालेका म्यचुअल फण्डले    धमाधम  लाभांस वितरण गर्न थालेका छन्। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ८ वटा मात्रै म्युचुअल फण्डले लाभांस वितरण गरेकोमा गत वर्षको नाफाबाट  यो साल   १० वटा म्युुुचुअल फण्डले लाभांस घोषणा गरिसकेका छन्।

    आर्थिक वर्ष सकिएको दुई महिनाभित्रै १० वटा फण्डले लाभांस दिएका हुन्। ९ वटाले बुक क्लोज गरिसकेका छन्। केहीले सेयरधनीको खातामा पैसा पठाइसकेका छन्। यस वर्ष सबैभन्दा धेरै एनआईसी एशिया ग्रोथ फण्ड र एनआईविएल समृद्धि फण्डले १२ प्रतिशत लाभांश  दिएका छन्।

    गत बर्ष अधिकांश म्युचुअल फण्ड नोक्सानमा थिए। नोक्सानमा भएकाले अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांस दिन सकेका थिएनन्। तर ९ महिना यता सेयर बजार लगातार सुधार भइरहेको छ। बजार सुधार हुँदा फण्डले लगानी गरेका कम्पनीको मूल्य पनि बढ्ने भएकाले उनीहरुको न्याभ रिपोर्ट नाफामा देखिन थालेको हो।

    नेपालको सेयर बजारमा ८० प्रतिशतभन्दा धेरै  हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको  छ। बाँकी जलविद्युत, बिमा कम्पनी र केही उत्पादन तथा प्रसोधनको छ। यसले गर्दा म्युचुअल फण्डले पोर्टफोलियो व्यवस्थापन गर्न सक्दैनन्। म्युचु्अल फण्डमात्रै नभएर आम लगानीकर्ताले पनि दोस्रो बजारमा सधै कमाउन सक्दैनन्। बैंक तथा वित्तीय संस्थाको बाहुल्य भएकाले नेपाल राष्ट्र बैंकको नीतिका  आधारमा म्यचुअल फण्ड तथा दोस्रो बजारका लगानीकर्ताको नाफा–नोक्सान तय हुन्छ ।

    प्रतिक्रिया
    थप समाचार