Online Nepal शनिबार, बैशाख २९ २०८१

आजबाट काठमाडौं उपत्यका लगायत देशभर सुपथ मुल्य पसल सञ्चालन

आजबाट काठमाडौं उपत्यका लगायत देशभर सुपथ मुल्य पसल सञ्चालन


मध्यान्तर
  • बिहिबार, असोज १५ २०७७

  • काठमाडौं । आजबाट काठमाडौं उपत्यका लगायत देशभर सुपथ  मुल्य पसल संचालन भएको छ ।अनलाइन अर्डरमार्फत पनि सामान किन्न सकिने गरी सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन  गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल सुरु गरिएको हो । केही रुपैयाँ छुटसहित दैनिक उपभोग्य वस्तु किन्न पाइने सुपथ मूल्यका पसलहरु आउँदो मंसिर ६ गतेसम्म सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत १६ स्थानमा सुपथ मूल्य पसल छन् । उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरहरुका ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् । एकीकृत सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाइने छ ।

    त्यस्तै च्यांग्र्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने जनाएको  छ । उपभोक्ताहरुले डीडीसी घिउमा प्रति लिटर ३० रुपियाँ छुट पाउने छन् । सुपथ पसल  काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुरलगायत ठाउँमा संचालन हुनेछन् ।

    प्रतिक्रिया
    थप समाचार