Online Nepal सोमबार, बैशाख १७ २०८१

पत्रकार बजगाईंको १५औं कृति ‘यसो गरे कसो होला ?’ सार्वजनीक

पत्रकार बजगाईंको १५औं कृति ‘यसो गरे कसो होला ?’ सार्वजनीक


मध्यान्तर
  • शुक्रबार, पुष ६ २०७५

  • काठमाडौं । पत्रकार तथा लेखक/सर्जक लक्ष्मण बजगाईद्वारा लिखित १५ औं पुस्तक ‘यसो गरे कसो होला ?’ विमोचन एवं सार्वजनीक गरिएको छ । राजधानीमा आयोजित एक समारोहकाबीच प्रमुख अतिथि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री एवं नेकपाका नेता आनन्दप्रसाद पोखरेलले पुस्तक विमोचन गरेका हुन् ।

    विमोचन समारोहलाई सम्बोधन गर्दैै पूर्वमन्त्री पोखरेलले विचारप्रधान यस्ता पुस्तकहरुले राज्यलाई सहि बाटो देखाउन सक्ने विश्वास ब्यक्त गरे । उनले पत्रकारहरुले देखेका तर आमसञ्चार माध्यममा ल्याउन नसकेका बिचारहरुले सरकारको नीति तथा कार्यक्रमका लागि महत्वपूर्ण टेवा पु¥याउन सक्ने दावी गर्दै पुस्तकका लेखक पत्रकार लक्ष्मण बजगाईले उक्त पुस्तकमा समावेश गरेका विषयहरु सामयिक रहेको चर्चा गरे । उनले भने ‘यो पुस्तकको उद्देश्य सत्तामा पुग्नु पनि छैन, कुनै सत्ताको स्वार्थ पनि छैन र यसबाट राज्यको लाभ ब्यक्तिगत रुपमा लेखकले लिने आशय कहीँ पनि छैन, खाली मुलुकलाई कसरी प्रगतिशिल बनाउन सकिएला भन्ने चिन्तन प्रकट गरेको मात्रै देखिन्छ । त्यसैले यो पुस्तक सरकारका लागि प्रणालीगत प्रतिपक्षको रुपमा तयार भएको छ ।’

    सो पुस्तक विमोचन समारोहका अतिथि एवं बरिष्ठ पत्रकार हरि लम्सालले पुस्तक ‘यसो गरे कसो होला ?’ देशले परिवर्तनको लगाम खोजिरहेको विषयमा केन्द्रित रहेको धारणा ब्यक्त गरे । उनले लेखक पत्रकार लक्ष्मण बजगाईले यस अघि पनि सरकारका लागि सुझाव स्वरुप अन्य पुस्तक लेखिसकेको र लेखकको बुहुविधामा कलम चल्दै आएकोमा राज्यले यस्ता लेखकहरुलाई हौसला बढाउने नीति लिनु पर्नेमा जोड दिए ।

    कार्यक्रममा अर्का अतिथि एवं नेपाल पत्रकार महासंघ काठमाडौं समितिका सचिव मोहनप्रसाद पन्तले पुस्तक समसामयिक र राज्यलाई सुझाव दिन सक्ने कसीको रुपमा लिएको बताए । त्यसैगरी कार्यलाई सम्बोधन गर्दै अर्का अतिथि कान्तिपुर टेलिभिजनका समाचार बाचक एवं कार्यक्रम सञ्चालक विकास थपलियाले पत्रकार लक्ष्मण बजगाईद्वारा लिखित पुस्तक ‘यसो गरे कसो होला ?’ सामाजिक, राजनीकि, आर्थिक क्षेत्रका बहुआयामिक पाटोका विषयहरु उठान गरेर लेखिएकोले पुस्तक देशका तीनै तहका जनप्रतिनिधिहरुका साथै सरकारी अधिकारीहरु र देशको नीति नियम बनाउन चुनिएका सांसदहरुसम्म पुग्न पर्नेमा जोड दिए ।

    पत्रकार धनराजले सञ्चालन गरेको उक्त पुस्तक विमोचन समारोहमा पुस्तकका लेखक एवं पत्रकार लक्ष्मण बजगाईले यो पुस्तक लेख्नुको तात्पर्य प्रष्ट पारेका थिए भने पुस्तकका प्रकाशक एवं हरिओम बालमुकुन्दाय नम रियल स्टेट प्रा.लि.का प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद सुवेदीले लेखकलाई आफुलेनै यस किसिमको पुस्तक लेख्न प्रेरित गरेको बताए । उनले आफ्नो अभिब्यक्तिमा देशमा रियलस्टेट व्यवसायलाई प्रभावित पार्ने गरी विचौलियाहरुको चलखेल रोक्न सरकारले नीति र नियमा ल्याउन पर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    थप समाचार