Online Nepal सोमबार, बैशाख २४ २०८१

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौँ । कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। फुकुवाका लागि अदालतको आदेश कार्यान्वयनको प्रक्रियामा गएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

    सर्वोच्च अदालतले गुरुङको निलम्बन नमिलेको भन्दै फुकुवा गर्न आदेश दिएको थियो। भृकुटीमण्डप जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो, विशेष अदालतले दोषी ठहर गर्दै जरिवाना गरेको थियो।

    फैसला चित्त नबुझेपछि मुद्दा सर्वोच्चमा पुनरावेदनका लागि पुगेको छ। निलम्बन फुकुवाका लागि गुरुङ पनि रिट लिएर सर्वोच्च पुगेका थिए।

    प्रतिक्रिया
    थप समाचार