Online Nepal बुधबार, बैशाख १९ २०८१

देउवाको उमेदवारीविरुद्ध डडेलधुरामा परेको उजुरीमाथि निर्णय हुँदै

देउवाको उमेदवारीविरुद्ध डडेलधुरामा परेको उजुरीमाथि निर्णय हुँदै


मध्यान्तर
  • मंगलबार, असोज २५ २०७९

  • डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेदवारीविरुद्ध परेको उजुरीमाथि आज निर्णय हुँदै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज ५ बजेसम्म देउवाको उमेदवारीविरुद्ध परेको उजुरीमाथि निर्णय लिने भएको हो ।

    मुख्य निर्वाचन अधिकृतले सोमबार परेको उजुरीमाथि छानबिन सुरु भइसकेको बताउँदै भने, “उमेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ । सोहीअनुसार आज साँझ ५ बजेसम्म निर्णय लिन्छौँ ।”

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उमेदवारविरुद्ध परेको उजुरीबारे निर्णय लिने सम्पूर्ण अधिकार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई दिएको बताए । “यसमा हामीले केही बोल्न र मुख्य निर्वाचन अधिकृतको कार्यालयमाथि हस्तक्षप गर्न मिल्दैन,” उनले भने ।

    नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहे पनि अन्य विवरण मेल खाए ठूलो समस्या नहुने प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्ट बताउँछन् । “मतदाता नामावलीमा रहेको त्रुटि सच्याउनका लागि समय दिइएको थियो,” उनले भने, “सो समयमा सम्बन्धित व्यक्तिले त्रुटि रहेको जानकारी नपाएकाले त्यस्तो समस्या आएको हुनसक्छ ।”

    एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उमेदवारी दिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको उमेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उमेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    ताजा अपडेट
    थप समाचार