Online Nepal बुधबार, बैशाख १९ २०८१

संविधान रक्षाका गठबन्धन : प्रधानमन्त्री देउवा

संविधान रक्षाका गठबन्धन : प्रधानमन्त्री देउवा


मध्यान्तर
  • शुक्रबार, कार्तिक ४ २०७९

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका छन् ।

    शुक्रबार बुटवलमा भएको सत्ता गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री देउवाले ‘देशविरूद्व षड्यन्त्र गर्नेलाई परास्त गर्न यो गठबन्धन भएको हो, यसलाई परास्त गर्न अझै गठबन्धन जरूरी छ बताए । गठबन्धन भएकाले पार्टीमा सबै टिकट पाउन नसकेको बाध्यता बुझिदिन नेता कार्यकर्तालाई उनको आग्रह थियो । ‘गठबन्धनविरूद्व राजावादी जुटेका छन्, अझै उनीहरू राजावादी रे, हामी यो व्यवस्थाका लागि लड्ने अहिले उनीहरूले हामीलाई आरोप लाउने’,उनले भने, ‘अहिलेको व्यवस्था ल्याउन हामी लडेका हौ, जय नेपाल नि हामी हौं, लालसलाम नि हामी हौं, यो गठबन्धनलाई धेरै पछिसम्म लैजानु छ ।’

    गठबन्धनले जित्ने र सरकार पनि गठबन्धनको बन्ने बताउँदै भने, ‘बुद्वभूमिमा उभिएर मैले भने यो गठबन्धन बलियो छ, ढुक्कसँग जिताउन लाग्नुहोस् प्रधानमन्त्री देउवाले भने ।’

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार