Online Nepal बुधबार, बैशाख १९ २०८१

संविधान र सत्ता गठबन्धनविरुद्ध अन्तर्राष्ट्रिय शक्ति लागे : देउवा

संविधान र सत्ता गठबन्धनविरुद्ध अन्तर्राष्ट्रिय शक्ति लागे : देउवा


मध्यान्तर
  • आइतबार, कार्तिक ६ २०७९

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलका कार्यकर्तालाई प्रष्ट पार्न सत्तारुढ गठबन्धनले देशका सबै प्रदेशमा कार्यकर्ता भेला र प्रशिक्षण राखिएको बताएका छन्।

    कैलालीको धनगढीमा आइतवार आयोजित प्रशिक्षण तथा कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हु्न।

    ुसुदूरपश्चिमका दाजुभाइहरुको सहयोगले गठबन्धनलाई पूर्ण रुपमा अघि बढाउँदै भोलिको राजनीतिमा गठबन्धनकै सरकार बन्ने र वर्चश्व कायम हुनेछु, उनले भने, संविधानको रक्षा र राष्ट्रिय एकताका लागि पनि सुदूरपश्चिमका दाजुभाइमा गठबन्धन जिताउन आग्रह छ।

    उनले नेपाल अत्यन्तै महत्वपूर्ण मोडमा उभिएको बताउँदै देश र संविधान कता जाने भन्ने भएको निर्णय मंसिर ४ मा हुने बताए।

    संघीय शासन प्रणाली बचाउन सुदूरपश्चिमको एकता आवश्यकता छ। अहिले संविधान बचाउने र सक्नेबीच लडाइँ छु, उनले भने, अहिले संविधान सक्न र सत्ता गठबन्धनविरुद्ध राष्ट्रिय अन्तराष्ट्रिय शक्ति लागेका छन्।ुदेउवाले गठबन्धनका कारण धेरैले टिकट नपाएको बताउँदै कार्यकर्तालाई फकाउने प्रयास गरे। धेरैले टिकट पाएका छैनन्, अन्याय भएको छु, उनले भने, गठबन्धन भएकाले कांग्रेसले सबै पद पाउँदैन नि१ सुदूरपश्चिमबाटै गठबन्धनको विजय पक्का हुनुपर्छ।

    उनले मंसिरको चुनाव जिते देशदेखि विदेशसम्म नियुक्ति पाउने पनि आश्वास दिए। हामीले जिते मात्रै धेरै ठाउँ प्राप्त हुन्छन्, उनले भने, राष्ट्रिय अन्तराष्ट्रिय ठाउँमा अवसरदेखि नियुक्तिहरु पाइन्छ, त्यसैलेग गठबन्धनलाई जिताऊँ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार