Online Nepal शनिबार, बैशाख १५ २०८१

देउवा र ओलीले निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग गर्ने, आयोगबाट लिए अनुमति

देउवा र ओलीले निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग गर्ने, आयोगबाट लिए अनुमति


मध्यान्तर
  • बिहिबार, कार्तिक १७ २०७९

  • काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोगको अनुमति लिएका छन् । प्रधानमन्त्री देउवाले प्रचारमा जाँदा हेलिकोप्टर प्रयोग गर्न थालिसकेका छन् ।

    एमाले अध्यक्ष ओलीले पनि निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमति लिइसकेका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार एमालेले हिजो आयोग पुगेर अनुमति लिएको हो । अनुमति लिएसँगै अब ओलीले हेलिकोप्टर प्रयोग गर्न पाउने छन् । देउवाले भने यसअघि नै अनुमति लिइसकेका छन् । उनीहरुले सरकारी हेलिकोप्टर भने प्रयोग गर्न पाउने छैनन् ।पार्टीका मुख्य प्रचारकले हेलिकोप्टर प्रयोग गर्न पाउने निर्वाचन आचार संहितामा उल्लेख छ । हेलिकोप्टर प्रयोग गरे पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहनुपर्छ । अन्यथा आयोगले कारबाही गर्छ ।

    प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा चुनाव प्रचार गर्न जानु परेमा आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था छ । आयोगको अनुमति लिएर प्रधानमन्त्री देउवा आफ्नो निर्वाचन क्षेत्र हेलिकोप्टर लिएर पुगिसेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार