Online Nepal शनिबार, बैशाख २९ २०८१

बढी शाखा खोलेर भएपनी भिडभाड ब्यबस्थापन गर्नु :राष्ट्र बैंक

बढी शाखा खोलेर भएपनी भिडभाड ब्यबस्थापन गर्नु :राष्ट्र बैंक


मध्यान्तर
  • सोमबार, भाद्र ८ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुको थोरै शाखा खोल्दा  भीड बढेको भन्दै नेपाल राष्ट्र बैंकले व्यवस्थापन गर्न निर्देशन दिएको छ । आइतबार प्राप्त रिपोर्ट अनुसार बैंकका शाखा कार्यालयहरुमा भीड देखिएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई  भिडभाड कम गरि सेवा दिन निर्देशन दिएको छ ।

    राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकको उपत्यकाका तीन जिल्लामा ४ वटामात्रै शाखा खोल्दा धेरै भीड देखिएको र यो भीड व्यवस्थापनका लागि थप केही शाखाहरु सञ्चालनमा ल्याउन पनि भनिएको छ  । यद्यपि, सबै शाखाहरु सञ्चालनमा भने ल्याउन भने  नसकिने जनाएको छ

    मेरो सेयर को सफ्टवेयर मा केही समस्या आएपछि शुक्रबार  र आइतबार  बैंकमा लाइन लाग्नेहरुमा अधिकांश साधारण सेयर भर्नेहरु थिए । लिबर्टी इनर्जी, रिलाइन्स लाइफ र समाज लघुवित्त गरी तीन कम्पनीको आईपीओ खुलेका कारण आइतबार भर्नका लागि सर्वसाधारण बैंकमा नै पुगेका थिए ।लिबर्टीको  कम्पनीको आईपीओ भर्ने म्याद आइतबार सकिएको छ भने बाँकी दुई कम्पनीको आईपीओ भर्ने म्याद सोमाबारसम्म छ ।

     

    प्रतिक्रिया
    थप समाचार