Online Nepal आइतबार, बैशाख १६ २०८१

भूकम्पपछि बन्द तातोपानी नाका जेठ १७ देखी पुनः संचालनमा आउने

भूकम्पपछि बन्द तातोपानी नाका जेठ १७ देखी पुनः संचालनमा आउने


मध्यान्तर
  • बुधबार, चैत्र २७ २०७५

  • काठमाडौं । भूकम्पपछि बन्द भएको तातोपानी नाका पुनः संचालनमा आउने भएको छ । नाका संचालनको लागि चीनीयाँ पक्षले आवश्यक तयारी गरेपछि नेपाल सरकारले पनि तदारुकता देखाएको हो । नेपालतर्फ पुननिर्माणको काम नसकिंदा केहि ढिलाई भएको होभइरहेको अवस्थामा सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ ।

    भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न प्रधानमन्त्री केपी ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकारहरु, पुनर्निर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोली मंगलबार नाका क्षेत्रमा पुगेको थियो । नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोलीले निरीक्षण गरेका थिए ।

    एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सासंदहरुले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनको विषयमा कुरा भएको र सोही अनुसार अन्तिम निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए । उच्चस्तरीय टोलीले निर्माणधीन सुख्खा बन्दरगाहा, मितेरी पुल, सडकलगायतको क्षेत्रको निरीक्षण गर्दै केही समस्या भएको ठाउँमा तत्कालै काम सम्पन्न गर्न मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई सम्बन्धित स्थानमा नै निर्देशन दिएका थिए ।

    सुख्खा बन्दरगाहा निर्माण कार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले नेपालका उच्चस्तरीय प्रतिनिधि मण्डललाई जानकारी गराएको थियो । चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरिरहेको जानकारी आफूहरुलाई दिएको प्रतिनिधि मण्डलमा रहेका सासंद सापकोटाले जानकारी दिए । उनका अनुसार सोही दिन दुईतर्फि नाका संचालन गर्ने गरी अहिले २४ सै घण्टा काम भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार