Online Nepal आइतबार, बैशाख २३ २०८१

श्रीलंकामा तनाब कायमै, मुस्लिममाथि आक्रमण रोक्न कर्फ्यू

श्रीलंकामा तनाब कायमै, मुस्लिममाथि आक्रमण रोक्न कर्फ्यू


मध्यान्तर
  • मंगलबार, बैशाख ३१ २०७६

  • काठमाडौं । मुस्लिम अल्पसंख्यकमाथि हिंसात्मक घटना बढ्न थालेपछि श्रीलंकाका विभिन्न भागमा कर्फ्यू लगाइएको छ ।
    वैशाख ८ गते सैयौंको ज्यान जाने गरी क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलाको तीन साता बित्दा पनि श्रीलंकामा त्यसको असर कायम छ । पछिल्लो समय मुस्लिमका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेको छ । विभिन्न सहरमा भएका प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ ।

    सामाजिक सद्भाव नखल्बलियोस् भनेर सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ ।

    आइतबार क्रिश्चियनबहुल जनसंख्या भएको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकारले अन्य भागमा पनि कर्फ्यू लगाएको हो ।

    प्रतिक्रिया
    थप समाचार