Online Nepal शुक्रबार, बैशाख २८ २०८१

नामिबियाविरुद्ध नेपालको ऐतिहासिक जित

नामिबियाविरुद्ध नेपालको ऐतिहासिक जित


मध्यान्तर
  • मंगलबार, फाल्गुन २ २०७९

  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । काठमाडौंको किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित गरेको हो ।

    नामिबियाले दिएको २८६ रनको चुनौती नेपालले ४७।४ ओभरमा ८ विकेट गुमाएर १४ बल बाँकी छँदै भेट्टाएको हो । यसका लागि कुशल भुर्तेलले १३३ बलमा ४ छक्का र १० चौका प्रहार गर्दै ११५ रन जोडे ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको थियो । नामिबियाले माइकल भान लिगेनले १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।

    नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार