Online Nepal शुक्रबार, बैशाख २८ २०८१

स्कटल्याण्डद्वारा नेपाललाई २७५ रनको चुनौती

स्कटल्याण्डद्वारा नेपाललाई २७५ रनको चुनौती


मध्यान्तर
  • शुक्रबार, फाल्गुन ५ २०७९

  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २७५ रनको चुनौती दिएको छ ।

    किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो ।
    स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

    नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १र१ विकेट लिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार