Online Nepal शुक्रबार, बैशाख २८ २०८१

यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल, टोलीमा अटाए सन्दीप

यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल, टोलीमा अटाए सन्दीप


मध्यान्तर
  • बिहिबार, फाल्गुन १८ २०७९

  • काठमाडौँ । नेपाली सिनियर टोली यूएईसँग खेल्दैछ । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईविरुद्ध पहिले बलिङ गर्ने भएको हो ।

    दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो । यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको छ । यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो ।

    पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।

    अब नेपालले लिग २ का बाँकी सबै सात खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ । नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन स्थान पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मात्र पुग्न सक्छ ।

    सोझै विश्वकप छनोट खेल्न अब नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा छ । यी तीन देशमध्ये एकले सोझै छनोटमा स्थान बनाउनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार