Online Nepal शुक्रबार, बैशाख २८ २०८१

यूएईद्वारा नेपाललाई २०८ रनको लक्ष्य

यूएईद्वारा नेपाललाई २०८ रनको लक्ष्य


मध्यान्तर
  • बिहिबार, फाल्गुन १८ २०७९

  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बिहीबारको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।

    टस हारेर पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा रोहन मुस्ताफाले अविजित ५२ रन जोडे ।

    नेपालका लागिसन्दीप लामिछानेले ३, करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए । नेपालले केहीबेरपछि जबाफी ब्याटिङ गर्दै छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार